Logo

अगाडि बढ्दै निर्वाचन प्रक्रिया, आज आयोगले दल दर्ताका लागि आह्वान गर्न सक्ने



काठमाडौं, फागुन २ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ ।

स्थानीय तह निर्वाचन–२०७९’लाई व्यवस्थित गर्ने क्रममा आयोगले आइतबारबाट नियमित पत्रकार सम्मेलन पनि सुरु गरेको छ । हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको छ ।

आयोगले संविधान तथा कानुनमा भएको व्यवस्थाबमोजिम कार्यतालिका स्वीकृत गरिसकेपछि निर्वाचन कार्यक्रम घोषणा हुनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्