काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।
सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।
त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए ।
संसद्को गतिरोध र एमसीसीका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका थिए । तर सभामुखबाट सापकोटाको बहिर्गमनको माग गरिरहेको एमालेले भने बैठक बहिष्कार गरेको थियो ।