काठमाडौं, ३ फागुन । सातको कारोबारको तेस्रो तिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से सूचक २.३६ अंकले बढेको छ ।
यस वृद्धिसँगै सूचक २७०३.३५ विन्दुमा आइपुगेको छ । १६ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको २९६५ कित्ता सेयर खरिदबिक्री भएको छ । कुल ३८ वटा कारोबार भएको छ ।
यस सेसनमा १२ कम्पनीको भाउ बढेको छ भने २ वटाको घटेको छ ।
केहि दिन अघि देखि करेक्सनमा रहेको नेप्से आजबाट बढ्ने लगानीकर्ताको अनुमान रहेको छ ।