काठमाडौं, ३ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्ने ठोकुवा गरेका छन् । उनले प्रचण्ड र माधव नेपालले एमसीसी ध्वनी मतले पारित गर्ने ठोकुवा गरेका हुन् ।
आज ट्वीट गर्दै प्रचण्ड र नेपालले सदनमा एमसीसी पारित गर्ने र सडकमा मसाल जुलुस गरी विरोधको नाटक समेत गर्ने टिप्पणी गरेका हुन् । उनले देउवाले सय दिनमा चुच्चे नक्शालाई बुच्चे बनाएको आरोप समेत लगाए ।
बाँस्कोटाले भने: देउवाले सयदिनमा चुच्चे नक्शालाई बुच्चे बनाए। अब पुष्पकमल र माधबले हप्तादिन जसोमा एमसिसि सदनमा ध्वनी मतबाट पास र सडकमा धुमधामले टायर सहितको मशाल जुलुस गरी खारेज गर्छन।त्यसपछि राष्ट्रवादको नयां भाष्य निर्धारण हुन्छ।रणनीतिक रक्षा र प्रत्याक्रमण भनेकै यहि हो।