काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाभियोग प्रस्ताव पास गर्नेगरि पहल लिने निर्णय गरेको छ । आज (मंगलबार) बसेको संसदीय दलको बैठकले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावको पक्षमा दुई तिहाई पुरयाउन पहल गर्नेबारे छलफल भएको महामन्त्री तथा सांसद गगनकुमार थापाले जानकारी दिए ।
उनले भने,‘महाभियोगको सन्दर्भमा पनि हामीले आज छलफल गर्यौं, हामी यो महाभियोगको प्रस्तावकबाहेक अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने, जो यसमा सम्मिलित हुनुभएको छ, जो यो गठबन्धनमा हुनुहुन्छ, सबैसँग छलफल हुन्छ, संसदीय दलको तर्फबाट केही साथीहरुलाई पठाएर छलफल गर्ने कुरा भएको छ। नेकपा एमालेसँग र अरु बाँकी रहेका राजनीतिक दलसँग पनि यसबारेमा छलफल हुन्छ।’
Photo & Video By: Mukunda Kalikote/ReportersNepal
https://www.facebook.com/RishiDhamalaOfficial/videos/718051306244966