काठमाडौं, ३ फागुन । नेप्सेमा आज ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
कम्पनीको आज २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसैगरी, प्रति शेयर मुल्य ५७३ रुपैयाँ कायम भई अरुण कावेली पावर कम्पनीको १३ करोड ५३ लाख रुपैयाको कारोबार भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सले जनाएको छ ।