Logo

रामचन्द्र पौडेलको नयाँ प्रस्ताव : अब संघीय संसद्को चुनाव जेठमै गरौं



काठमाडौं, ४ फागुन । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय संसद्को निर्वाचन आगामी जेठमै गर्नुपर्ने बताएका छन् । अहिले देशको राजनीति गिजोलिएको र धेरै अन्यौल देखिएको भन्दै पौडेलले संसद्को निर्वाचन जेठमै गर्दा राम्रो हुने प्रस्ताव अघि सारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले यस्तो धारणा राखेका हुन् ।

मुलुकलाई सधैं अन्यौलमा राख्न नहुने भन्दै यसको निकासको लागि पनि संसद्को निर्वाचन जेठमा गर्दा राम्रो हुने भन्दै नयाँ प्रस्ताव ल्याएका हुन् । सरकारले यसअघि स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा गरिसकेको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । त्यसलगत्तै संघीय संसद्को निर्वाचन गराउनुपर्ने पौडेलको नयाँ प्रस्ताव आएको हो । पत्रकार धमलासँगको कुराकानीमा पौडेलले भने–‘अब अहिलेको राजनीतिक गतिरोधलाई अन्त्य गर्नको लागिपनि संसद्को चुनाव जेठमै गरौं । निकास निकाल्नुपर्छ । अहिले मुलुकमा राजनीतिक अन्योल बढ्यो ।’

‘‘

 

 



प्रतिक्रिया दिनुहोस्