Logo

जोन्सन खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्ने



काठमाडौं, ५ फागुन । कोरोना भाइरस विरुद्धको जोन्सन खोप लगाएकाले पनि अब बुस्टर डोज लगाउन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरुलाई ६ महिनापछि सोही खोप वा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने प्रष्टाएको हो ।

जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने प्रश्न धेरैले गरेपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने जानकारी दिएको हो ।
मन्त्रालयले उपलब्ध भएसम्म जे एण्ड जे नै लगाउन सल्लाह दिएको छ ।

जे एण्ड जे खोप लगाएका व्यक्तिले अन्यले जस्तै ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्