Logo

सन्नी लियोनीलाई अनुहारदेखि खुट्टासम्म चोट कसरी लाग्यो ?



एजेन्सी, ५ फागुन । बलिउड फिल्म उद्योगकी आकर्षक अभिनेत्री सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने स्टार मध्येकी एक हुन् । ब्यस्तताको बाबजुद पनि सन्नीले आफ्नो व्यावसायिक जीवनदेखि लिएर आफ्नो व्यक्तिगत जीवनसम्मका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । यति मात्र होइन, सन्नीले आफ्नो प्रोफेशनल लाइफसँग सम्बन्धित पोस्ट पनि फ्यानसँग सेयर गरिरहेकी हुन्छिन् । यसैबीच सन्नीको यो भिडियोले फ्यानलाई छक्क पारेको छ । उनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा उनको शरीरमा धेरै चोटका निशान देखिन्छन् ।

सन्नी लियोनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो पोस्ट गरेकी छिन् । यो भिडियोमा उनको अनुहारदेखि खुट्टासम्म धेरै चोट देखिएको छ । सन्नीको जिन्स च्यातिएको छ र घुँडामा गहिरो चोट देखिन्छ। साथै उनको जिन्समा रगत प्रष्ट देखिन्छ । यस क्रममा उनीसँगै एक महिला पनि देखिएकी छिन् । यो भिडियो हेरेपछि सबै स्तब्ध छन् ।

भिडियो सेयर गर्दै सनीले क्याप्सनमा लेखेकी छिन्, ‘केही रोमाञ्चक चाँडै आउँदैछ!’ यो क्याप्सनबाट स्पष्ट हुन्छ कि यो उनको आगामी प्रोजेक्टहरूको एक हिस्सा हो।

सनी लियोनी प्रायः आफ्नो परिवारसँग आनन्दको समय बिताउने गरेको देखिन्छ । सन्नी आफ्नो डान्सका लागि पनि चिनिन्छिन् । अर्कोतर्फ सन्नी लियोनी ‘बिग बोस ५’ को हिस्सा भइन् । यही क्रममा उनलाई फिल्म ‘जिस्म २’ को अफर आएको थियो । यही फिल्मबाट सन्नीले बलिउडमा डेब्यु गरेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्