काठमाडौँ, ६ फागुन। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। हिजो (बिहीबार) दिउँसो निर्वाचन आयोग कार्यालयमा पुगेर पार्टीका तर्फबाट महासचिव चन्दन सिंहले दल दर्ता गराएका हुन्।
मधेश प्रदेशमा केही समयदेखि किसान आन्दोलन चर्काइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा किसानको माग पूरा नभएसम्म निर्वाचन जान नसकिने जनाएको थियो। आफूहरू निर्वाचनमा जान तयार भए पनि सरकारले कमसेकम किसान आन्दोलनको माग पूरा गर्नुपर्ने पार्टीको माग थियो। निर्वाचनबाट जो आए पनि आफुहरुको एजेण्डा यही हुने पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन्।-Photo Source: Chandan Singh/Facebook Page