Logo

माधव नेपालको आग्रहमा आजको संसद् बैठकमा एमसीसी टेबुल नगर्ने प्रधानमन्त्रीको वचन



काठमाडौं, ६ फागुन । आजको संसद् बैठकमा एमसीसी टेबुल नहुने भएको छ। आज (शुक्रबार) बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठक भोलि बस्ने भएकोले आजै एमसीसी टेबुल गर्न हतार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।

माधव नेपालको आग्रहपछि प्रधानमन्त्री देउवा पनि एमसीसी आजै टेबुल गर्नबाट पछि हटेको बताईएको छ । हिजो बसेको गठबन्धनको बैठकमा पनि माधव नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठक शनिबार बस्ने भएकोले आधिकारिक धारणा बनाउने भन्दै दुई दिन पर्खन आग्रह गरेका थिए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाईएको छ। गठबन्धनको बैठकलगत्तै गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारमा प्रधानमन्त्री देउवासँग आन्तरिक छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्