काठमाडौँ, ६ फागुन। अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको छ । शाही लगायतको समूहलाई आज (शुक्रबार) पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराएका हुन् । मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो।
समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो। सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए।-File Photo