बखतियार अलि, सर्लाही, ७ फागुन। लागुऔषधको ओसारपसारमा संलग्न तश्करहरुले प्रहरीलाई छल्न विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर पनि उनीहरू प्रहरीको फन्दामा पर्छन। सर्लाहीमा तश्करहरुले माछा बोक्ने गाडीमा गाँजाको तश्करी गर्नको लागि नयाँ उपाय निकाले पनि उनीहरु प्रहरीको फन्दामा परेका छन् ।
प्रहरीले आज (शनिवार) बिहान पुर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ बाट माछा बोक्ने गाडीमा ल्याउँदै गरेको १२६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र ३(०१(०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट सो मात्रामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा गाडी चालक धादिङ सिदुलेख गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष २२ का सुरेन्द्र बिक र मकवानपुर जिल्ला कैलाश गाउँपािलका २ बस्ने अन्दाजी वर्ष ४८ का भीमलाल मोक्तान रहेको प्रहरीले जनाएको छ।