Logo

मनुष्य आत्माहरुलाई इश्वरीय शिक्षाले देवि देवता बनाउँछः राजयोग प्रशिक्षक चन्द



काठमाडौं, ७ फागुन । ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र नेपालका राजयोग प्रशिक्षक इन्द्रबहादुर चन्दले अब पुरानो संसार परिवर्तन भएर नयाँ संसार स्वर्ग स्थापना हुन लागेको बताएका छन् । प्रशिक्षक चन्दले भगवान शिवले सम्पूर्ण सृष्टि परिवर्तन गरेर नयाँ सन्सार (स्वर्ग) राधाकृष्णको राज्य स्थापना गर्न लागेको बताएका हुन् । उनले स्वर्गमा सानो उमेरका सत्ययुगमा राधाकृष्ण ठूलो उमेर भयर स्वयम्बर गर्ने र राज गद्दी सम्हाले पछि लक्ष्मीनारायण कहलाउँने जानकारी दिए ।

राजयोगको शिक्षा अर्थात ईश्वरीय पढाई सबैले लिन पर्नेमा जोड दिँदै चन्दले भने, ‘शिक्षा नै धन भन्ने गरिन्छ, शिक्षा नै धन हो यसको अर्थ पनि प्राण प्यारा शिव बाबाको पढाइमा हामीले राम्रोसँग बुझ्न सकिन्छ, यस इश्वरीय पढाई अथवा राजयोगको शिक्षाबाट नै हामी साच्चिकै स्वर्गमा देवीदेवता बन्न पाउँछौं जहाँ सुख शान्ति आनन्द र सम्पत्ति सबै प्रकारको सम्पन्न रहन्छ।’

रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै चन्दले यस्तो खुलासा गरेका हुन् । सृष्टि शुरु मा पाँच हजार वर्ष पहिले सत्ययुग थियो यही देवी देवता को राज्य थियो अहिले कलियुग को अन्तिम समयमा कोही भगवान नहुने र शिक्षाले मानिसहरुलाई भगवान समान बन्ने उनको भनाई थियो ।

पछिल्लो समय संसारमा दुःख, अशान्ती बढीरहेको बेला शिव भगवानले नयाँ संसार स्थापना गर्न लागेको उनले जिकिर गरे । भगवान शिव नै संसारका सबै मानिसका माता/पिता भएको भन्दै अब सबै मानिसहरुले ईश्वरीय शिक्षा लिनुपर्नेमा उनले जोड दिए । उनले भने,‘सम्पुर्ण मानिसहरुको दुःख मुक्त हुने तरिका भनेकै ईश्वरीय विश्वविद्यालयको पढाइमा लिइने शिक्षाले हो । यो शिक्षा सम्पुर्ण मानव जगतले लिनु अति आवश्वक छ किनभने सर्वशक्तिमान भगवान शिव बाबाले यस संसारलाई सम्पुर्ण दुख मुक्त गर्नको लागि परमधाम देखि आएर यो नयाँ संसार को कलमि लगाइरहनु भएको छ ।’

शिव भगवानले सृष्टिमा सबै मनुष्य आत्महरुलाई सम्पुर्ण दुख मुक्त गर्ने इश्वरीय कार्य गरिहेको उनले जनाए । ‘ईश्वरीय सत्ता अन्तिम सत्ता हो सन्सारमा अरु कुनै पनि मनुष्य आत्माहरुले यस संसारलाई सम्पुर्ण दुख मुक्त गर्न नसक्ने र त्यसको लागि सर्वोच्च भगवानलाई परमधाम देखि यहाँ आउनु नै पर्दछ र यो सृष्टि परिवर्तन को कार्य चलिरहेको छ ।’–चन्दले भने । इश्वरीय विश्वविद्यालय स्थापना भई हालसम्म विश्वका १५० देशहरुमा अध्ययन भइरहेको पनि उनले जानकारी दिए । सृष्टि परिवर्तनको अन्तिम समय मात्र बाँकी रहेको र प्राकृतिक प्रकोप आउन सक्ने भन्दै उनले सम्पुर्ण मनुष्य आत्माहरुले चाहेको मुक्ति र जीवनमुक्तिका लागि इश्वरीय पढाइको अर्को बिकल्प नरहेको पनि प्रशिक्षक चन्दले स्पष्ट पारे ।

एकाग्र भएर भगवानलाई याद गरेमा मात्र मनुष्य जीवनको लक्ष्य पुरा हुने,सुख शान्ति प्राप्त गरिने उनको भनाई थियो । मानिसहरुले गरेको पाप मुक्त भएमा मात्र भगवानको प्यारो हुन सकिने उनले बताए । ईश्वरीय विश्वविद्यालय स्थापना गर्ने र यो संसारको दुःखमुक्त गर्ने भगवान शिव नै हुन् भन्दै उनले शिव अदृश्य (निराकार) रहने उल्लेख गरे । भगवान शिव ज्योतिबिन्दु जस्तो भएर चम्कने र सबैलाई उज्यालो दिने बताए ।

प्रशिक्षक चन्दले मानिसको आत्मा टाउको (भृकुटी)को बिच भागमा हुने बताउँदै मानिस मरेपछि त्यहि आत्मा निस्केर जाने र हिन्दु परम्पराअनुसार लासलाई दाह संस्कार गरेपछी जुन अस्तु भनेर बचाइने बताए । ‘त्यहि आत्माहरु रहेको शरिरको निधारको आत्मा निवास गर्ने गरेको भाग जल्दैन्’, उनले भने,‘वास्तवमा सबै अंग जलेपनि आत्मा निवास गरेको भाग जल्दैन, त्यसलाई अस्तु भनिन्छ । अस्तुलाई समुन्द्र वा नदीमा लगेर स्वर्गमा बास होस् भनेर बगाइन्छ ।’

चन्दले हामी अहिले पृथ्वीमा साकार शरीरसहित यस सृष्टिमा नाटक गरिरहेको बताए । उनले भने,‘हामी निराकार आत्माहरू यस शरीर भित्र रहेर सृष्टि रूपी नाटकमा खेलिरहेका छौँ त्यसकारण यसलाई मनुस्य साकार लोक भनिन्छ ।’ लक्ष्मी–नारायणको एकिकृत रुपलाई नै विष्णु भनिएको उनले बताए । उनले भने,‘देवि देवता र भगवानमा भिन्नता छ, ईश्वरीय विश्वविद्यालयको शिक्षाबाट सबै मानिसहरु देवता बन्न पाउँछन् भने भगवान देवता बनाउनेवाला रचयिता हुनुहुन्छ । शिब बाबा । भगवान सधै परमधाममा रहनुहुन्छ । उहाँ यो संसारको जन्म मरणको चक्रमा आउनुहुन्न् ।’ मानिसले जस्तो भगवानले केही नभोग्ने उनले स्पष्ट पारे । मानिसहरु नै यस पढाइ बाट देवीदेवता बन्ने उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्