Logo

सेवा र विकासका लागि युवाको बागमति प्रदेश समिति गठन



काठमाडौं, ७ फागुन । सेवा र विकासका लागि युवाको बागमती प्रदेश कार्य समिति घोषणा भएको छ । युवाहरूलाई सेवा र विकासको कार्यमा अगाडि बढाउने उद्देश्यका साथ बागमती प्रदेशका युवाहरको सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयोजना गरी सेवा र विकासका लागि युवा संस्थाको बागमती प्रदेश कार्यसमिति गठन भएको हो ।

प्रजातन्त्र दिवसको अवसरपारेर सानेपाको नेशनल ल कलेजमा आयोजना गरिएको कार्यक्रममा बैंकिङ, शैक्षिक , न्यायिक, संचार, मेडिकल , प्रशासनिक, होटल, सुरक्षा क्षेत्रमा कार्यरत युवाहरूको नेतृत्व र नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापाको संयोजकत्वमा सेवा र विकासका लागि युवा संस्थाको सुभारम्भ भएको हो ।

बाग्मति प्रदेश समिति घोषणा सँगै सेवा र विकासका लागि युवाद्वारा नैतिक शिक्षा,संस्कार,नारी सुरक्षा, सम्मान र विकासकोलागि वाल्यकालदेखि नै महत्वपूर्ण कार्य गर्दै आईरहेकी भत्तपुरका छात्रा सन्जु नगरकोटीलाई नगद रू २५ हजार सँगै अन्य सम्मान एवम् पुरस्कृत पनि गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालयका उपसचिव श्री कृष्ण पौडेलजीको प्रमुख आतिथ्यमा घोषणा भएको कार्यसमितिमा संयोजक नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापा, सह संयोजक प्रेमराज न्यौपाने, सचिव डिल्लीराम सङग्रौला , सह( सचिव नवराज, ढकाल कोषध्यक्ष विजय मौर्य , कानुन क्षेत्र शिव भूषाल, महिला क्षेत्र मनिका शाही , सम्पर्क प्रमुख सचिन लामिछाने, संचार प्रमुख जानुका दुवाडी , सदस्यहरू डिल्लीराज भण्डारी , अर्पण पौडेल, विष्णु पन्थी , डा आयुषमा खडका, र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका प्रदेश संगठन सचिव पदेन सदस्यरहने व्यवस्था छ भने सल्लाहकारहरूमा नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.काशीनाथ न्यौपाने, सशस्त्र कलका पूर्व एसएसपी शम्भु उप्रेती, डा.डिल्लीराम अधिकारी , डा.दयाराम भूषाल, केन्द्रीय व्यवस्थापन विभागका विभागिय प्रमुख डा. रामजी गौतम छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका उप सचिव कृष्ण पौडेल , विशिष्ट अतिथि पुर्व एस एस पि एवम् सामाजिक अभियन्ता शम्भु उप्रेती, डा डिल्लीराम अधिकारी, पुर्व प्रशासक श्री चिरञ्जीवी थापा,प्राज्ञिक व्यक्तित्व यदुप्रसाद कण्डेलको विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायत व्यवसायिक, शैक्षिक , पत्रकार, शिक्षक र अन्य व्यत्तिहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा शुभकामना मनतव्य दिदै सशस्त्र प्रहरी बलका पुर्व एसएसपी शम्भु उप्रेतीले विश्वको धेरै देशहरू घुमे तर हाम्रोदेशको जस्तो स्वर्गहरू कुनै पनि देश नभेटेको र यो देशलाई समृद्ध बनाउन सेवा र विकास संस्थाले बागमती प्रदेशमा कार्यथालनि गरेकोमा खुसि व्यत्त गर्दै आफ्नो तर्फबाट शुभकामना सहित जस्तो सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

साथै कार्यक्रमका प्रमुख अतिथि कृष्ण पौडेलले संस्कार, सीप , समृद्धि , सेवा र विकास शब्दहरूले धेरै कुराहरूलाई समेटेको र सेवा र विकास संस्थाले समाजमा धेरै राम्रो कार्य गर्ने कुरामा विश्वास व्यत्त गर्दै राष्ट्रमा एउटा राम्रो सिस्टमको आवश्यक परेकोले प्रशासनिक क्षेत्रमा काम गर्ने र बाहिर रहेर काम गर्ने सरकारवालाहरूले अब देशमा एउटा राम्रो सिस्टमको विकास गर्नका लागि जोडदिनु पर्ने बताए।

४ बर्ष अगाडि व्यवसायी राजु सापकोटाको अध्यक्षता र सचिव विपिन कंडेलको नेतृत्वमा चितवनबाट प्रारम्भ भएको सेवा र विकासका लागि युवाले विभिन्न सेवाका कार्यहरू , कपडा बैंक, छात्रावृत्ति वितरण, विपत व्यवस्थापन , सीप विकास केन्द्र संचालन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्