काठमाडौं, ८ फागुन । पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न दिनेबारे सहमति हुने बुझिएको छ ।
यसअघि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी अहिलेको अवस्थामा टेबुल गर्न नहुने धारणा राखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने आज एमसीसीलाई लिएर गठबन्धनमा वारपार गर्नेगरि बैठक बोलाएका हुन्।
हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पनि एमसीसी सदनमा टेबुल गर्न दिनुपर्ने निश्कर्ष निकालेको छ ।