Logo

पत्रकारको हत्यामा जन्मकैद सजाय सुनाइएका गिरीले पाए माफी



काठमाडौं, ८ फागुन । पत्रकार यादव पौडेलका हत्याका मुख्य आरोपी जन्मकैदको फैसला सुनाइएका युवराज गिरीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान सम्बन्धि कसुरमा कैद भुक्तान गरिरहेका गिरीलाई माफी दिएकी हुन् ।

मन्त्रिपरिषदको सिफरिस अनुसार भण्डारीले ५०१ जना भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । मोरङका पत्रकार पौडलेको २०६८ साल चैत्र २१ गते बिर्तामोडमा हत्या भएको थियो ।

०७१ सालमा पौडेलको हत्यामा सम्लग्न गिरीसहित ३ जनालाई जन्मकैद सुनाइएको थियो । पौडललाई वादविवाद हुँदा चौथो तलामाथिबाट खसालेको अभियोगमा मञ्जु ढकाल थुनामा थिइन् । अर्का एकजना सोमनाथ ढकाल भने फरार रहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्