Logo

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं, १० फागुन । एनएमबी बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि बिक्रीमा ल्याएको छ ।

शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाइ छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्