Logo

एमसीसीको ‘डढेलो’ लागेको हो ?



काठमाडौं, ११ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको डढेलोका बारे टिप्पणी गरेका छन् । एमसीसीले सदन देखि सडक सम्म चर्काचर्की बहस र टकरावहरु भइरहँदा भट्टराईको भनाई सार्वजनिक भएहो हो । वास्तवमा दलहरुले एमसीसीको डढेलो लगाएका हुन् ? यसको समिक्षा महत्वपूर्ण भएको छ ।

एमसीसी अमेरिकी अनुदान सहयोग हो । यसमा उसका केही सर्तहरु पनि समावेश छन् । जसका कारण सिंगो मुलुक नै एमसीसीबारे ध्रुवीकृत हुनेगरुी बहस चलिरहेको छ ।

एमसीसी कुनै हालतमा पारित गर्न नेपाली काँग्रेस सक्रिय भएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा यसलाई प्रतिष्ठाको विषय बनाएर बढेका छन् । देउवा प्रधानमन्त्री हुँदा ५ वर्ष अघि एमसीसी सम्झौता भएको हो । यसलाई सदनबाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेपनि दलहरुमा विमति छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एस भने एमसीसी रोक्न लागिसकेका छन् । सत्ता गठबन्धनमा रहेका दुवै दलले टेबल गर्ने वातावरण बनाइदिए । तर, पारित नगर्ने निर्णय गरिसकेका छन् ।

एमसीसीले जसपामा समेत मतभेद छ । नेकपा एमाले निर्णय नलिई मौकाको पर्खाइमा छ । एमसीसीबारे एमालेको भीम रावल पक्ष भने स्पष्ट रुपमा विपक्षमा उभिइसकेको छ ।

एमसीसीले दलहरुभित्र विवाद समेत देखिएको छ । यसबारे केही भ्रम र केही यथार्थ बाहिर ल्याइएको छ । दलहरु सबै कुनै न कुनै रुपमा एमसीसीको विवादले देशलाई ध्रुवीकृत गर्न लागेका छन् । यसले ठूलै दुर्घटनाको सम्भावना पनि देखिन थालेको छ ।

एमसीसी पास भएमा सडकमा माओवादीलगायतको शक्ति आउने देखिएको छ । नेत्रविक्रम चन्द विप्लवले धम्की नै दिएका छन् । अर्कोतर्फ, एमसीसी पास नभएमा सत्ता गठबन्धन तोडिने देखि नेपालमा आर्थिक चुनौतीहरु आउन सक्छ ।

श्रीलंकाले चिनियाँ विकास परियोजना बीआरआई अगाडि बढाएर एमसीसी अस्वीकृत गरेको थियो । श्रीलंका चीनको ऋणको समस्यामा परेको छ । उसले चीनसँग ऋणलाई सहुलियत बनाउन आग्रह गर्दै आएको छ । श्रीलंका भारतको सहयोगका लागि पुगेको छ । केही सहयोग पनि पाएको छ । तर, शक्तिराष्ट्रको टकरावले ठूलै संकट झेल्न थालेको छ ।

एमसीसीले नेपालमा ठूलै डढेलो लागेको भन्दा सान्दर्भिक भइसकेको छ । अब यो कतिपयका लागि सिंह सवार भइरहेको छ । ओर्लन पनि नमिल्ने चढ्दा पनि खतरनाक अवस्थामा पुगेको छ । यसको सफल अवतरण निकै जटिल छ । देश सामरिक द्वन्द्वमा फस्ने देखिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्