Logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट कहिले ?



काठमाडौं, ११ फागुन । राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट फागुन १२ गते (बिहीवार) हुने भएको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको तयारी भएको छ । फागुन ४ गतेदेखि ८ गतेसम्म विक्री भएको कम्पनीको आईपीओमा मागभन्दा ३८ दशमलव ३० गुणा बढी आवेदन परेको छ ।

कम्पनीको आईपीओ ७९ हजार ४५० जना आवेदकले मात्र १० कित्ताका दरले पाउनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्