Logo

हाम्रो पार्टीले एमसीसीको विपक्षमा मत हाल्छ, संसद् बहिष्कारको हल्ला गलत हो : श्रेष्ठ



काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसीसी पारित नगर्ने बताएका छन् । उनले एमसीसी ससंसदमा पेश गरिसकिएको सन्दर्भ उल्लेख गर्दै आफ्नो पार्टीले एमसीसीलाई विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।

उनले भने,”हाम्रो पार्टीले आठौं महाधिबेशनबाट र त्यसपछिका सबै छलफलहरुबाट एमसिसि सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ,एमसिसि सम्झौता यसका राष्ट्रिय सार्बभौमिकता,स्वाधीनता र हित प्रतिकुलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्विकार नगर्ने र संसदबाट पारित नगर्ने। हामी त्यसैमा कायम छौं। संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई बिफल पार्न बिपक्षमा मतदान गर्छ ।यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो ।कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यम मार्फत चलाउँदैछ ? सावधान !”



प्रतिक्रिया दिनुहोस्