काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनको घटनाबाट नेपालले शिक्षा लिनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत उनले नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै युक्रेन घटनाबाट समेत शिक्षा लिन सक्नुपर्ने धारणा राखेका हुन् ।
उनले लेखेका छन्, ‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको बिरुध्द युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भुमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण,युध्द र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो।नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ।’