Logo

एक खेल अगावै श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतलाई



काठमाडौं, १५ फागुन । श्रीलंकासँगको दोस्रो टी–२० सिरिजमा भारतले जित निकालेको छ ।

लखनउमा शनिबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

यस जितसँगै भारतले तीन खेलको सिरिज एक खेल अगाबै २–० को जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गयो ।

भारतका लागि श्रेयस एयरले अविजित रहदै ७४ रनको योगदान गरे भने रविन्द्र जडेजा ४५ रनमा अविजित रहे ।

यस्तै, सन्जु सामसनले ३९ रन बनाए ।

श्रीलंकाका लागि लाहिरु कुमाराले सर्वाधिक २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।

श्रीलंकाका लागि पाथुम निशान्काले ७५ रनको अर्शशतकीय इनिङ्स खेले भने डसुन सनकाले अविजित ४७ रन बनाए ।



प्रतिक्रिया दिनुहोस्