काठमाडौं, १८ फागुन । काठमाडौंको नयाँ बानेश्वरमा नेपाल बन्द गरेको दिन सोमबार बम राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।
संसद भवन अगाडी बम राखेको अभियोगमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास महत रहेको प्रहरीले जनाएको छ ।
सोमबार संसद भवन अगाडी नेपाल बन्दको दिन बम भेटिएको थियो । प्रेसर कुकुर बम भनिएको र त्यस भित्र ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो ।