Logo

प्रधानन्यायाधीशविरुद्ध महाभियोग यथाशिघ्र पारित गर्न बारको आग्रह



काठमाडौं, १८ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न नेपाल बार एसोसिएशनले आग्रह गरेको छ । एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५औं राष्ट्रिय सम्मेलनले २४ बुंदे घोषणा पत्र जारी गर्दै यस्तो माग गरेको हो ।

‘कानुनी शासन र संवैधानिक सवोच्चताः व्यवसासयिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ विषयमा छलफल गरेर घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।

एशोसिएशनले जारी गरेको घोषणापत्रमा भनिएको छ,‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रस्तावउपर यथाशिघ्र कारबाही प्रारम्भ गरी पारित गर्न नेपाल बार एशोसिएशनको यो सम्मेलन माग गर्दछ ।’

विगत केही समयदेखि न्याय परिषद्मा प्रधानमन्त्री तथा नेपाल बार एसोशिएशनका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको भुमिका सन्तोषजनक नभएको पनि एसोशिएशनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्