Logo

नेम्वाङको टिप्पणी– संसद्का रेफ्रीले नै हाम्रो पोष्टमा गोल हानेपछि अप्ठेरो भयो



काठमाडौं, १८ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्ष दल संसद्को ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नभएको आरोप लगाएका छन् । सभामुख अग्निप्रसाद सापकोटा संसद्को रेफ्री भए पनि सापकोटले हाम्रै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेता नेम्वाङको भनाइ थियो ।

आज बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुप¥यो”, उनले भने । साथै, उनले संसद्को अवरोध रहर नभई बाध्यता भएको पनि बताए । रासस



प्रतिक्रिया दिनुहोस्