Logo

ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा



काठमाडौं, फागुन १९। सरकारले आज शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा आज विहिबार सार्वजनिक बिदा दिएको हो ।

फागुन १६ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको हो । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्