Logo

वरिष्ठ न्यायाधीशहरु समेटेर संवैधानिक इजलास गठन



काठमाडौं, २० फागुन । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा वरिष्ठ सवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलास पाँच महिनापछि पहिलोपटक आज गठन भएको हो ।



प्रतिक्रिया दिनुहोस्