काठमाडौं, २० फागुन । बलात्कार अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको अनुसन्धानमा सघाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको हो ।
आज एक विज्ञप्ती जारी गर्दै आयोगले प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न माध्यमबाट आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुलाई समाचार सम्प्रेषण नगर्न र आफुलाई प्राप्त भएका प्रमाणहरु अनुसन्धान अधिकृतलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
आयोगका सह–प्रवक्ता लोकनाथ वास्तोलाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘गम्भिर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’\