काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ स्याङ्जा–काठमाडौ सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीले विभिन्न ठाउँमा गएर अप्ठ्यारोमा परेकाका लागि आवश्यक सहयोग गर्दै आएका छन् । कोरोनाको महामारी फैलिएका वेलापनी गृह जिल्लाका स्वास्थ्य चौकीहरुमा सहयोग गरेका थिए भने जिल्लाका विभिन्न क्लबमा खेलकुदका सामाग्रीहरु वितरण पनि गरेका छन् ।
नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिको तर्फबाट विभिन्न व्यक्तिहरुसँग लिएको सहयोग रकमलाई व्लड क्यान्सर बिरामी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–०७, साखरका तरूण नेता राजु पोख्रेल टाईसनका बुबा दीर्घनारायण पोख्रेललाई २५ हजार हस्तान्तरण गरेका छन् ।
त्यस्तै, स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–१५ अस्थायी रूपमा बसोबास गर्दै आएको ३१ वर्षका धनबहादुर रानाको पाचनग्रन्थिमा समस्या भएको र त्यससँगै २ ओटै मिर्गौलाले काम गर्न नसकेको अस्थामा रहेका विरामीका लागी २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
त्यस्तै पशुपतिस्थित् उमाकुण्ड आश्रम भजनमण्डली लाई १० हजार प्रदान गरेका छन् । हस्तान्तरण कार्यक्रममा सभापति ई. दिपेन्द्र क्षेत्री, उप–सभापतिहरू सन्देश खाँड, सरोज पौडेल, सचिव अमृत वस्ती, सदस्य युवा नेता ज्ञानु न्यौपाने, कालिगण्डकी तरूण नेता शंकर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
समितिका सभापति ई. दिपेन्द्र क्षेत्रीले यो अभियानमा आर्थिक सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गर्दै सम्पुर्णको उज्जवल भविष्यको कामना गरेका छन् ।