काठमाडौं, २२ फागुन । सत्तारुढ दल नेकपा ( एकीकृत समाजवादी) को आगामी फागुन २५ र २६ गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक काठमाडौंमा हुने भएको हो ।
आगामी बैठकमा नजिकिदै गरेको स्थानीय निर्वाचनको तयारीलगायतका समसामायिक एवं सांगठनिक विषयमा छलफल हुने जनाइएको छ । अध्यक्ष माधव कुमार नेपालले राजनीतिक र महासचिव बेदुरामा भुसालले सांगठनिक प्रतिवेदन पेश स्रोतले जनाएको छ । File Photo