Logo

नेपाल बार एशोसिएशनको अध्यक्षमा सत्ता गठबन्धनबाट घिमिरे उम्मेद्धवार बन्ने सहमति



काठमाडौं, २३ फागुन । नेपाल बार एशोसिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा यसपटक सत्ता गठबन्धनले साझा उम्मेद्धवार बनाउने भएको छ । अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने पक्का भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

यसअघि सत्ता गठबन्धनबाट माओवादी केन्द्रनिकट बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर, कांग्रेसनिकट डिएलएले आफ्नै नेतृत्वमा मात्रै गठबन्धन बनाएर चुनावमा जाने अडान लिएपछि घिमिरे अध्यक्षको उम्मेद्धवार बन्ने सहमति भएको हो । घिमिरेलाई अध्यक्षको उम्मेद्धवार बनाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नै चासो राखेका थिए ।

अध्यक्षमा कांग्रेसबाट घिमिरे उम्मेद्धवार बन्ने भएपछि महासचिवमा भने माओवादी केन्द्रनिकट उम्मेद्धवार बन्ने सहमति भएको जनाईएको छ । त्यस्तै, उपाध्यक्षमा भने माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट कानून व्यवसायी डेकेन्द्र सुवेदीको नाममा सहमति जुटेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्