काठमाडौं, फागुन २४। काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन सामूहिक आत्महत्याको प्रयास गरेका छन् । सुसाइट नोट लेखेर विष सेवन गरेका पाँच जना मध्ये एक जनाको भने मृत्यु भएको छ ।
डाडापौवामास्थित उद्धवराज पुरीको घरमा भाडामा बस्दै आएको काठमाडौं डल्लुकी ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको प्रहरीले जनाएको छ।
विस सेवन गरी बेहोस अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले सोमबार राती उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पु¥याएको थियो । अस्पताल पुगेलगत्तै ३३ वर्षीय सुर्वणमान प्रधानको राति नै मृत्यु भएको छ।
धरमुली ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान को उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भईसकेको जनाएको छ ।