Logo

जावेद अख्तर मानहानि मुद्दामा कंगना निराश, सेन्सस अदालतद्धारा मुद्दा स्थानान्तरणको निवेदन खारेज



एजेन्सी, २६ फागुन । बलिउड अभिनेत्री कंगना रनौत मानहानीको मुद्दामा सत्र अदालतबाट निराश भएकी छिन् । संगीतकार जावेद अख्तरले कंगना विरुद्ध दायर गरेको यस मुद्दामा अदालतले बुधबार कंगनाको निवेदन खारेज गरेको छ।

कंगनाले मानहानिको मुद्दा ट्रान्सफर गर्न अदालतमा निवेदन दिएकी थिइन् । यससँगै अदालतले कंगनाले जावेदविरुद्ध गरेको निवेदनलाई पनि ट्रान्सफर गर्न अस्वीकार गरेको छ ।

कंगना रनौतले आफ्नो याचिकामा दावी गरेकी थिइन् कि मुद्दाको सुनुवाई गरिरहेको अंधेरी महानगरीय मजिस्ट्रेटको अदालतले एकतर्फी रूपमा उनको उपस्थितिबाट छुटको लागि निवेदन अस्वीकार गरेको थियो र पक्राउ पुर्जी जारी गर्ने धम्की दिएको थियो।
अक्टोबर २०२१ मा, कंगनाको तर्फबाट मुख्य मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा यस्तै मुद्दा दायर गरिएको थियो, उनको याचिका पनि खारेज गरिएको थियो। यसपछि कंगनाले सेन्सस अदालत जाने निर्णय गरिन् ।

जावेद अख्तरले नोभेम्बर २०२० मा कंगना रनौतविरुद्ध अंधेरी अदालतमा मानहानिको उजुरी दायर गरेका थिए। उनले एक टिभी अन्तर्वार्तामा कंगनाले आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए जसले गर्दा उनको प्रतिष्ठामा चोट पुगेको थियो । सुशान्त सिंह राजपुतको मृत्युपछि दिएको एक टिभी अन्तर्वार्तामा कंगनाले जावेद अख्तरमाथि बलिउडमा नातावाद र गुटबन्दी फैलाएको आरोप लगाएकी हुन् ।

यसको जवाफमा कंगनाले जावेद अख्तरविरुद्ध जबरजस्ती र आपराधिक धम्की दिएको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । कंगनाले जावेद अख्तरले उनकी बहिनी रंगोली चन्देललाई घरमा बोलाएर धम्की दिएको आरोप लगाएकी थिइन् । तर, जावेद अख्तरले कंगनाका यी आरोपलाई खारेज गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्