Logo

माओवादी द्वन्द्वकालका बम अझै भेटिदै, सर्वसाधारण असुरक्षित



काठमाडौं, २७ फागुन । माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्ष पूरा भइसकेको छ । तैपनि, माओवादी द्वन्द्वको असरहरु समाजमा अझै देखिइरहेको छ ।

माओवादी द्वन्द्वकालका बम र हतियारहरु अझै भेटिने क्रम जारी छ । विशेषगरी माओवादी प्रभावित क्षेत्रहरुमा त्यस्ता हतियार भेटिने गरेका छन् ।

पूर्वी रुकुममा २६ फागुनमा एक दर्जन सकेट बम फेला परेको छ । सिस्ने गाउँपालिका वडा नं २ को बुर्केसल्लास्थित ओडारमा बम फेला परेको हो । गाई चराउन जानेहरुले ओडारमा शंकास्पद वस्तु देखेपछि वडाध्यक्षलाई खबर गरेका थिए । वडाध्यक्ष जीवन केसीले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीका अनुसार कालो ड्रम र त्यस वरिपरि सकेट बम फेला परेको थियो । बम डिस्पोजका लागि सेना त्यहाँ पुगेको छ ।

माओवादी सशस्त्र गतिविधि हुँदा छाडेका र लुकाइएका हतियारहरु सर्वसाधारणका लागि खतरा बनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्