रामेछाप, २७ फागुन । रामेछापमा पनि सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) गठन गरिएको छ । गत फागुन २२ गते सम्पन्न सुवेदी कल्याण प्रतिष्ठानको प्रथम अधिवेशनबाट रामेछापमा सुवेदी कल्याण प्रतिष्ठान गठन गरिएको हो । साथै सोही दिन सुबेदी अतिथि भवन देवघाटको शिलान्यास समेत गरिएको छ ।
सुवेदी कल्याण प्रतिष्ठान केन्द्रीय कुलाधिपति ऋषी प्रसाद सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा केन्द्रीय कार्य समितिको अलावा प्रदेश अध्यक्ष तथा जिल्लाका प्रतिनिधी बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका बिबिध गतिविधिहरु बारे सुकल्प कुलाधिपती श्री ऋषि प्रसाद सुवेदीले प्रकाश पारेका थिए । सहभागी सुबेदी बन्धुहरुले आ–आफ्ना स्थानका गतिविधि, सुझाव/सल्लाह तथा भनाईहरु राखेका थिए ।
अधिवेशनमा पुर्व मन्त्री तथा पञ्चायती कालका नेता नवराज सुवेदीको पनि उपस्थिति रहेको थियो ।