काठमाडौं, २९ फागुन । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको नाराबाजी जारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी सुरु गरेका थिए । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
एमाले विभाजनमा सभामुख सापकोटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।