काठमाडौं, २ चैत्र । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको लागि सुझाव माग गरिएको छ । अर्थ मन्त्रालयले आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि प्रयोजनका लागि सुझाव माग गरेको हो ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले सरोकारवाला निकायहरु विभिन्न संघ सस्था, बृद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत, तथा आम नागरिकहरुलाई चैत्र मसान्तभित्र सुझाव दिन आग्रह गरेको छ ।
सुझावको लागि मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याब’ मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’ प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।