काठमाडौं, ६ चैत्र । भारतका लागि राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदले तीन महिना अघि नियुक्तिको सिफारिश गरेर संसदीय सुनुवाई भएपनि शर्माको एग्रिमो आउन ढिलाइए भएको थियो । गत हप्ता एग्रिमो आएपछि उनलाई राजदूत नियुक्त गरिएको हो ।
डा. शर्मा अर्थविद हुन् । उनी यसअघि पनि राजदूत भइसकेका छन् ।-File Photo