काठमाडौं, ७ चैत्र । रौतहटको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस माग गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि फागुन १५ गते २ लाख ५० हजार नगद र २ लाख ५० हजार चेक गरी ५ लाखसहित नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा पटेल र निजका सहयोगी अशोक प्रसाद पटेलसमेतको मिलेमतोमा उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग पटकपटक गरी ५ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको हो ।