काठमाडौं, चैत १४ । अमेरिकाको लस एन्जल्सस्थित आइतवार राति सम्पन्न अस्कर अवार्ड कार्यक्रममा विल स्मिथले सञ्चालकमाथि थप्पडसमेत मारेका छन् । क्रिसले स्मीथकी श्रीमतीको नाम लिएर कपालबारे व्यंग्य गरेपछि स्मीथ आफ्नो मेचबाट उठेर स्टेजमै पुगेर क्रिसमाथि झापड हानेका थिए।
सुरुमा सबैले यसलाई पूर्वतयारी अनुसार व्यंग्यात्मक प्रस्तुति ठानेका थिए तर, अवार्ड लिने क्रममा स्मीथले क्रिससंग झापडका लागि माफी मागेका थिए । क्रिसलाई झापड हानेका स्मीथले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।किङ रिचार्ड फिल्मका लागि विल स्मिथले उक्त उपाधी जितेका हुन्। टेनिस लेजेन्ड सेरेना विलियम्यको बुवाको भूमिकाका लागि उक्त अवार्ड प्रदान गरिएको हो।
यसवर्षको उत्कृष्ट फिल्म कोडा घोषित भएको छ भने निर्देशक जेनी क्याम्पियन बनेका छन्। द पावर अफ द डगका लागि जेनी उत्कृष्ट निर्देशक घोषित भएका हुन्। उत्कृष्ट अभिनेत्री भने जेसिका चेस्टेइन भएकी छिन्। द आइज अफ ट्यामी फेइका लागि उनी उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।
यस्तो छ अस्कर विजेताको सूची:
अन्तराष्ट्रिय फिचर फिल्म – ड्राइभ माई कार
उत्कृष्ट फिल्म – कोडा
उत्कृष्ट निर्देशक – जेन क्याम्पियन (द पावर अफ द डग)
उत्कृष्ट अभिनेता – विल स्मिथ (किङ रिचार्ड)
उत्कृष्ट अभिनेत्री – जेसिका चास्टेन (द आइज अफ टेमी फेई)
उत्कृष्ट सहअभिनेता – ट्रोय कटसर (कोडा)
उत्कृष्ट सहअभिनेत्री – अरियाना डेबेस (वेस्ट साइड स्टोरी)
एनिमेटेड फिचर फिल्म – इन्कान्टो
सिनेम्याटोग्राफी – डुन (ग्रिग फ्रेसर)
कस्ट्युम डिजाइन – इन्कान्टो
डकुमेन्ट्री फिचर – समर अफ सोल
डकुमेन्ट्री सर्ट सब्जेक्ट – ‘द क्वीन अफ बास्केटबल’
मेकअप एण्ड हेयर स्टाइलिङ – द आइज अफ टेमी फेई
प्रोडक्सन डिजाइन – डुन
सर्ट फिल्म (एनिमेटेड) – द विन्डशिल्ड वाईपर
सर्ट फिल्म (लाइभ एक्सन) – लङ गुडबाई
ओरिजिनल सङ – नो टाइम टु डाइ
साउन्ड – डुन
भिजुअल इफेक्ट्स – डुन
फिल्म सम्पादन – डुन (जो वाकर)
ओरिजिनल स्क्रिनप्रले – बेल फास्ट (केनिथ ब्रनाघ)
एडप्टेड स्क्रिनप्ले – कोडा (सियान हेडर)
ओरिजिनल स्कोर – डुन (ह्यान्स जिमर)