काठमाडौं, १४ चैत्र । यही जेठ १९ गते हुन गईरहेको नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका गोपालकृष्ण घिमिरेलाई मैतीदेवी र डिल्लीबजारका वकिलहरुले भव्य स्वागत गरेका छन् ।
वृहत्त लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबाट नेतृत्व गरेका घिमिरेसहितलाई डिल्लीबजारमा चियापन कार्यक्रम सहित भव्य स्वागत गरिएको हो ।
डिल्लीबजारका वकीलहरू केदार कार्की, भरत खरेल, युवराजा भण्डारीलगायतले गठवन्धनका उम्मेदवार घिमिरेसहितलाई भव्य स्वागत तथा जितका लागि शुभकामना दिएका छन् । कांग्रेस, माओवादी र नेकपा एकीकृत समजावादीको गठबन्धनबाट उम्मेदवार बनेका घिमिरेको टिमलाई अमूल्य मत दिई विजयी गराउन अधिवक्ता केदार कार्कीले सबैमा अनुरोध गरे ।
घिमिरेको टिमबाट उपाध्यक्षमा आशा राई, हर्क रावल सुरज खत्री, सुधीर कुमार कर्ण, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम प्रसाद आचार्य, तुलराज गिरी उम्मेदवार रहेका छन् । महासचिवमा अन्जिता खनाल र कोषाध्यक्षमा भरत बहादुर राउत गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।
डिल्लीबजारको कार्यक्रममा कार्की, खरेलसहित वरिष्ठ अधिवक्ता हरि प्रसाद आचार्य, रामकुमारराई होमराज नेपाल, सुशील पौडेल, अरुण पौडेल बद्री थापा, जयबहादुर भुजेल, द्रोण दाहाल, सुनिल पाण्डे, पुरुषोत्तम अधिकारी, मेजर थापा, लक्ष्मण थपलिया, पर्शुराम घिमिरे, चन्द्र शाहीलगायत झन्डै १ सय वकीलहरुको उपस्थिति रहेको थियो ।