काठमाडौं, १५ चैत्र । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ग्लोबल मनि सप्ताह सम्पन्न भएको छ । संस्थाले उक्त सप्ताहमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।
संस्थाले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा रहेको ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो ।
संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनि सप्ताह २०२२ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न भएको संस्थाले जनाएको छ । उक्त कार्यक्रमबाट करिब १७ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।