Logo

कमिसन बढाउन माग गर्दै व्यवसायीले पट्रोलियम पदार्थ उठाउन छाडे



काठमाडौं, १८ चैत्र । कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक १ लाख सिलिन्डर ग्यास, ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ।

 



प्रतिक्रिया दिनुहोस्