काठमाडौं, २२ चैत्र । हेभी इकुपमेन्ट महासंघका केन्द्रीय सदस्य विश्वास कार्की ललितपुर क्षेत्र नं २ को क्षेत्रीय समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । आज क्षीय सभापति महेश खड्काले कार्कीलाई मनोनित गरेका हुन् ।
महालक्ष्मी नगरपालिका ८ विष्णुडोलका कार्की हेभी इकुपमेन्ट सम्बन्धी व्यवसायमा लामो समययता सक्रिय छन् । उनी काँग्रेसका क्रियाशील सदस्य पनि हुन् ।
यसैगरी महालक्ष्मी नगरपालिका १ का पूर्व इकाई सभापति शेखर केसीलाई पनि खड्काले आमन्त्रित क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् ।