काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । सुर्खेत घर भएका अनिल गुरुङको कर्तव्य पालनाको सिलसिलामा निधन भएको हो गुरुङ ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका थिए ।
घाइते गुरुङको बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार भईरहेको थियो। शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गरेर दिवंगत सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।