काठमाडौं, २ बैशाख । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
आज (शुक्रबार) मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले हप्तामा दुई दिन बिदा दिने निर्णय नभएको स्पष्ट पारेका हुन् । पछिल्लो समय सरकारले सातामा दुई दिन बिदा दिन लागेको समाचार आएका थिए ।
उनले भने,‘सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन। निर्णय भएको भए सार्वजनिक गरिन्थ्यो, सातामा दुई दिन बिदा दिने बहसको विषय छ। निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम