Logo

नेशनल हार्ट फाउण्डेसनले सातै प्रदेशमा नि:शुल्क मुटु शिविर गर्ने



काठमाडौं, ५ बैशाख । नेशनल हार्ट फाउण्डेसनले  बैशाख देखि चैत्रसम्म सातै प्रदेशमा निशुल्क मुटु शिविर सञ्चालन गर्ने भएको छ ।

शिविरमा हृदयघातबाट ज्यान जोगाउनको लागि जनचेतनाको साथै आवश्यक औषधोपचार उपलब्ध गराई मुटुरोग सम्बन्धि नियन्त्रणको लागि प्रचारप्रसार गर्ने फाउण्डेसनले जनाएको छ । युवा अवस्थामा धेरैमा हृदयघातको समस्या बढेको भन्दै फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालले शिविरको आयोजना गर्न लागिएको बताए ।

सवै प्रदेशमा हुने दुई दिने बृहत स्वास्थ्य शिविरको नेतृत्वमा अध्यक्ष डा. सिलवालको साथै अन्य सात जना चिकित्सक र दश जना स्वास्थ्यकर्मी हुने छन् । स्वास्थ्य शिविरमा नि:शुल्क इको, इसिजि, कार्डियोग्राफी,सुगर प्रेशर साथै आवश्यक औषधिहरु पनि उपलब्ध गराईने छ ।

बाग्मती प्रदेशमा ललितपुर महालक्ष्मी नगरपालिका, भक्तपुर सुर्यविनायक नगरपालिका, र काभ्रेको पनौति नगरपालिकाको तीन केन्द्रको बीच मानेदोभान भन्ने ठाउँबाट सुरु गर्ने फाउण्डेसनले जनाएको छ ।

नागरिकहरुको उत्साहलाई कदर गर्दै विभिन्न क्षेत्रबाट आशा गरिएको अनुसार यस बृहत स्वास्थ्य शिविरबाट सर्वसाधारणले हृदयघात  रोकथाम सम्बन्धि ज्ञान समेत हासिल गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्