काठमाडौं, ९ बैशाख । स्थानीय तहको चुनाव २०७९ मा मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिएका छन् ।
भुसालले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिएका हुन् । निजामाति सेवामा दुई दशक बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
उनले सोही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर पनि लामो समय काम गरेका छन् । देशभर आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला निकटका मानिन्छन् ।