डडेलधुरा, ९ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ ।
पार्टीहरुबीच भागवण्डामा सहमति जुट्न नसक्दा गठबन्धन दलबीच मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
सिट बाँडफाँट नमिलेको कारण सहमति हुन नसकेको जनाइएको छ । सबै दलले आ–आफ्नै पार्टीले जित्ने दाबी गरेपछि कुरा नमिलेको हो ।
केही दिन अघि नै गठबन्धन गर्न नसकिने लिखित सहमति केन्द्रमा पठाएको एक नेताले बताए ।